दिगो कृषिका लागि बजार प्रबद्र्धन गर्नु पर्ने कुरामा जोड

सिलगढी
डोटी जिल्लाका कृषि क्षेत्रका सरोकारवालाहरुले दिगो कृषिका लागि बजारीकरणमा जोड दिनु पर्ने बताएका छन ।
सम बिकास केन्द्र डोटीद्धारा आज सिलगढीमा आयोजना गरिएको कृषि बजार बिस्तार सम्बन्धि समस्या र चुनौती बिषयक कार्यक्रममा सहभागिहरुले डोटीको सन्दर्भमा कृषि बिकासका लागि थुप्रै कामहरु भईरहे पनि बजार प्रबद्र्धन सम्बन्धि काम नहुदा कृषकहरुले फाईदा लिन नसकेको धारणा ब्यक्त गरेका छन ।
जिल्ला कृषि बिकास कार्यालय डोटीका बरिष्ठ कृषि बिकास अधिकृत यज्ञराज जोशीले डोटीको राजपुरलाई केन्द्रमानी कृषि बजार स्थापना गर्न सके करिब १० गाबिस र नगरपालिकाका कृषकहरुले फाईदा पाउन सक्ने बताउनु भयो । दिपायलको राजपुर क्षेत्रमा कृषि बजार स्थापना गर्न पहल भईरहेको जानकारी दिदै जोशीले त्यसका लागि सरकारी तथा गैरसरकारी क्षेत्रले संगै हातेमालो गर्न आग्रह गनर्’ भयो । 
सम बिकास केन्द्र डोटीका अध्यक्ष अधिराज बिसीको सभापतित्व तथा केशब परियारकोे संचालनमा सम्पन्न सो कार्यक्रममा दिगो कृषि बिकास परियोजनाको बारेमा कार्यक्रम संयोजक प्रेम बिकले जानकारी गराउनु भएको थियो । 
उक्त कार्यक्रममा बरिष्ठ कृषि बिकास अधिकृत यज्ञराज जोशीको संयोजकत्व तथा सम बिकास केन्द्र डोटी सदस्य सचिब रहेको कृषि बजार प्रबद्र्धन समिति गठन गरिएको सो संस्थाले जनाएको छ ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: