बालबालिकाहरुलाई पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण

सिलगढी
सामुदायिक विकास केन्द्र डोटीले डोटी पश्चिम शिक्षा परियोजना अन्तरगत बिभिन्न ७ गाबिसका करिब १ सय ७३ बालबालिकाहरुलाई बिद्यालय पोशाक, तथा शैक्षिक सामग्री बितरण गरेको छ । आईतबार कालिकास्थान गाबिसको मौवा नगरदहमा आयोजना गरिएको एक कार्यक्रममा १ सय ७३ बालबालिकाहरुलाई २ जोर बिद्यालय पोशाक र शैक्षिक सामग्रीहरु बितरण गरिएको सो संस्थाका अध्यक्ष हेमराज जोशीले जानकारी दिनुभयो ।
यसै गरि सोही समारोहमा विभिन्न बिद्यालयलाई ७३ थान फिल्टर तथा बिभिन्न बाल बिकास केन्द्र, गाउंघर क्लिनिकहरुलाई ४६ थान सोलार तथा युवा क्लबहरुलाई खेलकुद सामग्री बितरण गरिएको सामुदायिक बिकास केन्द्र डोटीले जनाएको छ । कार्यक्षेत्रमा गुणस्तरीय शिक्षामा सहयोग पुर्याउने उद्देश्यले बितरण गरिएका करिब १२ लाख बराबरका सामग्रीहरु सामुदायिक बिकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशी र वल्र्ड भिजन ईन्टर नेशनल नेपाल डोटीका ब्यवस्थापक जेबि बोहराले संयुक्त रुपमा बितरण गर्नु भएको थियो । 
जापानका बालबालिकाहरुले आफ्नो खाजा खर्च वाफत संकलन गरि मायाको उपहार स्वरुप पठाएको रकम  कार्यक्षेत्रका विपन्न बालबालिकाका तथा संस्थाहरुलाई बितरण गरिएको वल्र्डभिजन ईन्टरनेशनल नेपाल डोटीले जनाएको छ । डोटीको पश्चिम चौकी क्षेत्रका ७ वटा गाबिसमा सामुदायिक बिकास केन्द्र डोटी र  वल्र्डभिजन ईन्टरनेशनल नेपाल बिचको साझेदारीमा डोटी पश्चिम शिक्षा परियोजना संचालित छ । 
 


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: