हात्तिपाईले रोग बिरुद्ध निशुल्क औषधी खुवाउन शुरु

डोटी जिल्लामा अभियानकै रुपमा आजदेखि ३ दिन सम्म  हात्तीपाइले रोग बिरुद्ध निशुल्क औषधी खुवाईने भएको छ । २ बर्ष मुनिका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी आमा, दीर्घरोगी बाहेकका सबैलाई औषधी खुवाईन लागिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको   छ ।
आज जिल्ला बिकास समितिको प्रांगणमा एक कार्यक्रमको आयोजना गरि डोटीका स्थानीय बिकास अधिकारी ध्यानकुमार थापाले लगायत जिल्ला स्थित सरोकारवालाहरुले हात्तिपाईले रोग बिरुद्ध औषधी सेवन गरेर अभियानको शुभारम्भ गरेका छन । 
 डोटी जिल्लाका जम्मा जनसंख्याको ८० प्रतिशत ब्यक्तिहरुलाई हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने लक्ष सहित जिल्लाभरका लागि ३ सय स्वास्थ्यकर्मी र यस्तै १ हजार २ सय १ स्वास्थ्य स्वयमसेवीकाहरु परिचालन गरिएको बरिष्ठ जनस्वास्थ्य प्रशासक रिता भण्डारीले जानकारी दिनु भयो । 
डोटी जिल्लामा गत बर्षको तथ्यांक अनुसार हात्तिपाईले रोगको लक्षण करिब ६ सय जनामा देखा परेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । 
हात्तीपाईले बिरुद्धको औषधी  सेवनबाट कसैकसैलाई सामान्य किसिमका ज्वरो आउने, शरिरमा कम्पन हुने लगायतका असरहरु पनि देखा पर्न सक्ने भएकाले यस्ता सामान्य असरबाट आत्तिहाल्नु पर्ने अवस्था नरहेको स्वास्थ्यकर्मीहरुको सल्लाह रहेको छ । हातिपाईले रोग विश्वका ८० भन्दा बढि मुलुकमा पाइएको छ ।
 


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: